तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउनका लागि मादी नदी किनारमा बाँध निर्माण थालिएको छ । गत वर्ष मादीमा आएको बाढीले कटान गरेपछि दमौली जोखिममा परेको थियो । अहिले बाँध निर्माणको काम धमाधम भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-३ मादी किनारमा दुई सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिए । व्यास-३ तल्लो भतेरीमा बाढी बस्तीमा पसेपछि जोखिम कम गर्ने उद्देश्यले बाँध निर्माण गरिएको हो ।
चालु आर्थिक वर्ष २०७९-८० को असार मसान्तभित्र बाँध निर्माण सम्पन्न गर्ने गरी एमआर गु्रप चितवनले गत वर्ष निर्माणको ठेक्का लिएको थियो । यसका लागि गण्डकी प्रदेश सरकारले दुई करोड ५० लाख विनियोजन गरेपछि निर्माण थालिएको हो । ‘निर्माण अन्तिम चरणमा पुग्दा बजेट निकासामा ढिलाइ भएको छ’, प्रमुख शर्माले भने । उनका अनुसार हालसम्म रू २० लाख मात्रै भुक्तानी भएको छ ।
सोही बजेटमा व्यास-५ पाटनस्थित मादी किनारमा झण्डै एक सय मिटरको बाँध निर्माण भइरहेको छ । व्यास-५ का छ सय ६३ र व्यास-३ का केही परिवार कटानका कारण जोखिममा छन् । टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ गत वर्ष बाढी आएपछि रातभर जाग्राम बस्नु परेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुसेखोलानजिकै पहिरो, दमौली–डुम्रे सडक अवरुद्ध