कावासोती । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताको जीवनस्तर माथि उठाउनु नै वर्तमान सरकारको प्रमुख उद्देश्य भएको बताएका छन्।
शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–१ मा रहेको शान्ति नमूना आधारभूत विद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको संविधान कार्यान्वयनको क्रममा अगाडि बढेको हुँदा अबको समयमा सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै जनताको जीवनस्तर माथि उठाउने प्रमुख उद्देश्य लिएर सरकार अगाडि बढेको बताएका हुन् ।
जनताको जीवनस्तर माथि उठाउन सबैभन्दा पहिले सार्वजनिक शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षा दिन सक्ने बनाउनका लागि शैक्षिक क्षेत्रमा सरकारले बजेट बढाउने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा सँगसँगै स्वास्थ्य, आवास, खानेपानी, खाद्यान्नजस्ता आधारभूत कुरामा जनताको सहज पहुँच हुने वातावण बनाउन सरकार लागि परेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
योग र ध्यानमा जोड दिनु आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका विदेश सचिव मोमेनबीच भेट
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङबीच भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल