मोबाइल बैंकिङ ग्राहक संख्या ४० लाख पुग्यो, सवा २ करोड निक्षेप खाता

सफल खबर संवाददाता

विहीबार, २८ असार २०७५, १८ : ००
मोबाइल बैंकिङ ग्राहक संख्या ४० लाख पुग्यो, सवा २ करोड निक्षेप खाता

काठमाडौं । मोबाइलमार्फत बैकिङ सेवा लिने ग्राहकको संख्या ४० लाख पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय मोबाइल बैंकिङ ग्राहकको संख्या बढ्दै गएको जनाएको छ । यस्तै, इन्टरनेट बैंकिङको ग्राहक संख्या ७ लाख ८४ हजार पुगेको छ भने ५२ लाख ३५ हजारवटा डेविट कार्ड जारी भएको छ । यस्तै, ९७ हजारवटा क्रेडिटकार्ड जारी भएको छ ।

 यो राष्ट्र बैंकले बैशाखा मसान्तसम्म जारी गरेको तथ्यांकमा आधारित हो । एटिएम संख्या भने २ हजार ६ सय २४ वटा छ ।

यता हालसम्म बैंक तथा वित्तिय संस्थामा २ करोड २५ लाखवटा बैक खाता रहेको राष्ट्र बैंकले जनाएको छ । कर्जा खाता भने १२ लाख ९७ हजार वटा रहेको छ ।  सरकारले हरेक नेपालीको बैंक खाता बनाउने लक्ष्य लिएको छ । यता असार २६ गतेसम्म ५ सय ५६ स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुगेको छ ।

सरकारले चालु आर्थिक वर्ष भित्रै सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने नीति लिएको थियो । तर, सरकारको सबै स्थानीय तहमा बैंकको शाखा पुर्याउने लक्ष्य सफल नहुने भएको छ ।  

प्रतिक्रिया दिनुहोस