काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन भोलि कतारको दोहा जाने भएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उनको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जाने तय भएको हो ।परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठ ५ देखि ९ मार्चसम्म दोहामा आयोजना हुने एलडीसीको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् । उनी सम्मेलन सकिएपछि ७ मार्चमा स्वदेश फर्किने कार्यक्रम छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो । नेपालले यस वर्षदेखि एलडीसीको अध्यक्षता गर्ने तालिका छ । यसअघि मालवीले यसको अध्यक्षता गरिरहेको थियो ।
श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन् भने विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षी छलफलसमेत गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
योग र ध्यानमा जोड दिनु आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका विदेश सचिव मोमेनबीच भेट
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङबीच भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल