काठमाडौँ र भक्तपुर डुबानमा (फोटोफिचर)

सफल खबर संवाददाता

विहीबार, २८ असार २०७५, १० : ५७
काठमाडौँ र भक्तपुर  डुबानमा (फोटोफिचर)

तस्वीरः रासस

काठमाडौँ । लगातारको वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षापछि घरमाथिबाट ढिस्को खस्दा भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । वर्षाका कारण राजधानी काठमाडौंसहित देशैभरको जनजीवन प्रभावित भएको छ ।
अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिमा अरनिको राजमार्गस्थित राधेराधे र भाटभोटेनी सुपर मार्केट क्षेत्रका बस्ती डुबानमा परेका छन् ।

दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे-निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ । सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ ।
सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ । बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले बिहीबार बिहानैदेखि उद्धार गरिरहेको छ । तस्वीरमा हेर्नुहोस् विभिन्न स्थानमा भएको डुबान ।

 

प्रतिक्रिया दिनुहोस