विराटनगर । प्रदेश नम्बर १ को नाम ‘कोशी’ पारित भएको छ । बुधबार प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव पास गरेको हो ।
पहिलो बैठक सकिएर दुई घण्टापछि बसेको दोस्रो बैठकबाट मत विभाजन प्रक्रियाबाट प्रदेशको नामकरण गरिएको थियो । कोशी प्रदेशको पक्षमा ८२ मत खस्दा विपक्षमा ४ मत खसेको छ । मतदान प्रक्रियामा ६ जना अनुपस्थित भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, २२ : ०२
लेखकबाट थप