नेकपा एमाले सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता

सफल खबर संवाददाता

सोमबार, १५ फागुन २०७९, १२ : ४२
नेकपा एमाले सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको छ ।राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस