काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोशिमा कार्कीले ललितपुर जिल्लामा सडकको खराब अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले राजधानीमा रहेरपनि ललितपुर जिल्लामा राज्यको दृष्टिमा नपरेको र हेपिएको अवस्थामा रहेको बताइन् ।
उनले ललितपुरमा पानी परे हिलो र घाम लागे धुलोको अवस्थामा सडकहरू रहेको उल्लेख गर्दै भनिन्,‘सडकमा पानी हाले चिप्लेर लड्ने नहाले धुलोले दम खोकी ल्याउने मेरो क्षेत्रको हविगत छ । नख्खु भैसेपाटी सडक निर्माणको काम कहिले टुङ्गो लाग्छ । चुनीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र छ, सातदोबाटो चापागाउँ कान्ति राजपथ मुआब्जाको कारण रोकिएको छ । सडक विभाग वा काठमाडौं खानेपानी लिमिटेढले काम गर्न नसक्नु कसको स्वार्थ हो ? राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्रै होइन अपराधपनि हो ।’
उनले आफ्नो क्षेत्रका जनता वायु प्रदूर्षणबाट र सडक दुर्घटनाबाट ग्रसित रहेको भन्दै काममा ढिलासुस्ती रोक्न र छिटो काम गराउन भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
स्यानिटरी प्याडमा दिइने भन्सार छुट स्वार्थ प्रेरित थियो कि भन्ने शंका छ : तोसिमा कार्की