बेनी–जोमसोम सडक अवरुद्ध

बुधबार, २७ असार २०७५, १२ : ४६
बेनी–जोमसोम सडक अवरुद्ध

 

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छ्याउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् ।

बेनी–जोमसोम–कोरला सडक निर्माणधिन अवस्थामा छ । सडक विस्तार गर्ने जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ । (रासस)

प्रतिक्रिया दिनुहोस