इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई

सफल खबर संवाददाता

मंगलबार, ०९ फागुन २०७९, १९ : ३८
इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई

काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल(इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यस बर्ष दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । 

संचार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार मात्रृका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । बरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । 

पुरस्कृत पत्रकार दाहालले २०६४ सालबाट पत्रकारिता शुरु गरेका थिए ।  सुशासन÷सार्वजनिक प्रशासन,आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउदै आएका छन् । 

त्यस्तै पुरस्कृत अर्का पत्रकार वाग्ले बिगत १५ बर्ष देखि पत्रकारितामा संलग्न छन् । महिलामाथि हुने बिभेद, सार्वजनिक प्रशासन लगायतका बिषयमा कलम चलाउदै आएकी पत्रकार वाग्लेले राजधानी, नेपाल समाचारपत्र, हिमाल खवर पत्रिका हुंदै हाल आइएनएस डट कममा कार्यरत छिन् ।५० हजार राशिको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस