एनआईसी एशिया बैंकको एकैसाथ २ नयाँ शाखा विस्तार

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०७५, १९ : ०२
एनआईसी एशिया बैंकको एकैसाथ २ नयाँ शाखा विस्तार

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले डडेल्धुराको अमरगढीमा र डोटीको दिपायलमा शाखा विस्तार गरेको हो ।

बैंकले मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस