‘नाईं नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०७५, १७ : ०६

काठमाडौँ  । विकास आचार्यको निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार दरबारमार्गस्थित क्युज चलचित्र भवनमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा चलचित्रका कलाकार दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रीना शर्मा , अभिषेक नेपाल लगायत देखिएका छन् । ट्रेलर हेर्दा ‘नाई नभन्नु ल’ को अहिलेसम्म आएको सिक्वेल भन्दा फरक रहेको अनुमान लगाउँन सकिन्छ ।

चलचित्रको पोस्टरमा स्वस्तिमा खड्काको डेब्यु अभिनेता अभिषेक नेपालसँंग देख्न सकिन्छ, भने अनुभब रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग देख्न सकिन्छ । सेड्रीना र अभिषेकको यो पहिलो चलचित्र हो । चलचित्रमा दीलिप, निरुता, केकी, प्रियंका, स्वस्तिमा, अनुभव, सेड्रीना, अभिषेकको अलवा जयनन्द लामा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन, विकास आचार्य र सामिप्यराज तिमल्सिनाको लेखन, वसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको चलचित्र ८ भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।.


–कार्यक्रममा निर्देशक विकास आचार्यले ‘नाई न भननु ल ५’ अहिलेसम्म बनेका सिक्वेलभन्दा फरक हुने बताए । उनले आफ्नो अघिल्ला दुई सिक्वेलले व्यवसाय पनि राम्रो नगरेकोले जानकारी दिँदै यो सिक्वेलले व्यवसाय गर्नेमा पनि आफु ढुक्क रहेको सुनाए ।

–अनुभव रेग्मीको आमाको भूमिका चलचित्रमा आफुले निर्वाह गरेको अभिनेत्री प्रियंका कार्कीले बताइन् । ‘चलचित्रमा मेरो धेरै ठूलो रोल त छैन ।’ उनले भनिन् ‘निर्माण युनिटसँगको सामिप्यताको कारण चलचित्रसँग सधै जोडिदै आएकी छु ।’

–लेखक सामिप्यराज तिमिल्सेनाले चलचित्रको ११ सिक्वेलसम्म बन्ने जानकारी गराए । नाई न भन्नु ल ५’को कथा र सम्बाद अहिलेसम्मको सिक्वेलको भन्दा मजेदार रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस