जनता बैंक र लाइफ इन्स्युरेन्स कर्पोरेसन (नेपाल)बीच भयो यस्तो सम्झौता

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०७५, १४ : ५४
जनता बैंक र लाइफ इन्स्युरेन्स कर्पोरेसन (नेपाल)बीच भयो यस्तो सम्झौता

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र  लाइफ इन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड  बिच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई  एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा आज लाइफ इन्स्युरेन्स कर्पोरेसन (नेपाल) सँग पनि संझौता सम्पन्न भएको हो ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्यूरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस