बिना निश्कर्ष सकियो नेकपा सचिवालयको बैठक

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०७५, १३ : ३७
बिना निश्कर्ष सकियो नेकपा सचिवालयको बैठक

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक बिना निश्कर्ष सकिएको छ ।  मंगलबार ४ घण्टासम्म बसेको  मूल एजेण्डा बैठकमा नियमावली र विधान मस्यौदा कार्यदलको प्रतिवेदनलाई अन्तिम रुप दिने थियो । तर, बैठकमा  यसबारे  छलफल भएपनि  निश्कर्ष   ननिस्किएको प्रवक्ता  नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

बैठकमा स्थायी कमिटीबाट आएका सुझाव सहितको प्रस्ताव  कार्यदलले पेश गरेको थियो ।  आज विद्यान र नियमावलीमाथि छलफल नसकिएकाले भोली विहान सचिवालयको वैठक वसेर त्यसलाई टुङ्गाउने उनको भनाई छ । उनका अनुसार बैठक बुधबार बिहान ८ बजेपछि बस्नेछ ।

यसअघि कार्यदलले तयार पारेको सुझावसहितको नियमावलीलाई आजको सचिवालय बैठकले अनुमोदन गरेर प्रकाशनका लागि पठाउने निर्णय गर्ने बताइएको थियो । कार्यदलमा बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस