धनगढी । १३ वर्ष अघिको आगजनी सम्बन्धी मुद्दामा दोषी ठहर भएर कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई अदालतमा उपस्थित गराइएको छ ।
उच्च अदालत दिपायलमा चौधरीले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा बयान दिन चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको हो ।जिल्ला अदालतबाट चौधरीले भचुअल विधिबाट उच्च अदालत दिपायलमा बयान दिने श्रेस्तेदार रइभान कुन्जेडाले जानकारी दिए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई प्रहरीले १९ माघमा बाँकेबाट पक्राउ गरेको थियो ।उनले आफूलाई रिहाइको माग गर्दै २२ माघमा उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।
चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा आदेश दिन अस्वीकार गरेको थियो ।
अदालतले २९ माघमा पेशी तोक्दै दुवै पक्षलाई बोलाइएको थियो । त्यो दिन उच्च अदालतका न्यायाधिश देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा चौधरीलाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश आचार्यको काज सरुवा
व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त
अरुण चौधरीसहित ३ जनाको आज म्याद थप गरिँदै
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान सुरु, नियमविपरीत भए जग्गा फिर्ता गर्ने
अरुण पक्राउबारे विनोद चौधरीले पोखे असन्तुष्टि : हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजियो
अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगियो