काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन प्रस्थान गरेका छन् ।
लामो समयदेखि जन्डिसबाट पीडित उनी फलोअपका लागि चीन प्रस्थान गरेका हुन् । यसअघि पनि उनले लामो समय चीनमा उपचार गराएका थिए ।
वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारका एक् सदस्यले बताए ।
उनले चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा फलोअप जाँच गराउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, ०८ : ४२
लेखकबाट थप