एनआईसी एशिया बैंकको एकैसाथ ३ नयाँ शाखाहरुको समुद्घाटन

सफल खबर संवाददाता

सोमबार, २५ असार २०७५, १८ : २५
एनआईसी एशिया बैंकको एकैसाथ ३ नयाँ शाखाहरुको समुद्घाटन

काठमाडौँ । एनआई सी एशिया बैंकको ३ नयाँ शाखा कार्यालयहरु, गौरीगञ्जनगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्जशाखा,  कनकाई नगरपालिका वडा नं ३, झापा स्थित सुरुङ्गा शाखा तथा ठाकुर बाबा नगरपालिका, वडा नं. १, बर्दिया स्थित भुरी गाँउ शाखाको आज मिति २०७५ आषाढ २४ गते एक समारोहकाबिच समुद्घाटन भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू.१७८ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५०अब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्बसहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस