विराटनगर । सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । विराटनगरको रानी-किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काएको हो ।
मेयर हेमकर्ण पौडेलसहितको टोलीले इटहरी उपमहानगरपालिका- ६ मा पर्ने ३४ घर भत्काएको हो । उपमहानगरले घर भत्काउनका लागि शनिबारसम्मको अल्टिमेटम दिएको थियो । अटेर गरेपछि आइतबार महानगरले डोजर चलाएको हो ।
मेयर पौडेलले ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक(पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि भत्काइएको बताए । उपमहानगरले यसअघि वडा नम्बर९ का १४ वटा घरहरू भत्काएको थियो । इटहरीको मुख्य बजार क्षेत्रको चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन् ।
साइट क्लियर नभएका कारण विस्तार नभएको हो । उपमहानगरले संरचना भत्काएपछि काम अघि बढ्ने बताइएको छ । इटहरीको मुख्य चौकदेखि उत्तर तरहरासम्म ६ लेन सडकको काम भने सकिएको छ ।
इटहरी बजारको मुख्य चोकभन्दा दक्षिणतर्फदुवैतर्फ १५-१५ मिटर विस्तार गर्ने तयारी छ । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये सुनसरीको दुहबी र तरहरादेखि धरानसम्म विस्तार हुन् बाँकी छ। धरानको तिनकुनेदेखि सेउतीसम्म झन्डै चार किलोमिटर सडक विस्तारको भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरेन्द्रनगरको हङकङ बजारमा नगरपालिकाको डोजर, व्यवसायीले गरे ढुंगामुढा
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर