क्यानडामा पनि सफल सन्दीप, ४ खेलमा लिए ५ विकेट

सफल खबर संवाददाता

सोमबार, २५ असार २०७५, १५ : १०
क्यानडामा पनि सफल सन्दीप, ४ खेलमा लिए ५ विकेट

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा पनि सफल भएका छन् । मोन्ट्रियल टाइगर्समा आबद्ध सन्दीपले क्यानेडियन लिगमा ४ खेलबाट ५ विकेट लिएका छन् ।

सन्दीपले आफूले खेलेका सबै ४ खेलमा विकेट लिँदै ५ विकेट लिएका हुन् । मोन्ट्रियल टाइगर्सको अन्तिम खेलमा सन्दीपले २ विकेट लिन सफल भए । यद्यपि टाइगर्स टोरोन्टो नेशनल्ससँग १ विकेटले पराजित भयो ।

सन्दीपले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए । यसअघि सन्दीपले आफ्नो पहिलो खेलमा विन्डिज बिसँग बाहेक बाँकी दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले विन्डिज बि विरुद्ध ४ ओभर बलिङ गर्दै ५७ रन खर्चेर १ विकेट लिएका थिए । यो खेलमा मोन्ट्रियल टाइगर्सका सबैभन्दा महँगा बलर सन्दीप सावित भएका थिए ।

सन्दीपले आफ्नो दोस्रो खेलमा भान्कौभर नाइट्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । यो खेलमा सन्दीपले मेडन ओभर बलिङ गरेका थिए । यद्यपि सन्दीपको टिम टाइगर्स नाइट्ससँग १८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस