उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइनु अधिनायकवादी चरित्र : कांग्रेस

सफल खबर संवाददाता

सोमबार, २५ असार २०७५, १४ : ४८
उपकुलपति  कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइनु अधिनायकवादी चरित्र : कांग्रेस

काठमाडौं  ।  विश्व संस्कृत सम्मेलनमा सभागी हुन जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति  कुलप्रसाद कोइरालाललाई विमानस्थलमा रोकेर सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसका सांसदले आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सञ्जय गौतमले सरकारले प्रधानमन्त्री निवास बालुवाटारलाई कारागार बनाउने कोशिश गरेको आरोप लगाएका हुन् ।

‘उपकुलपतिलाई दुर्व्यवहार गरेर सरकारले अधिनायकवादी चरित्रलाई उजागर गरेको छ । सरकारले यस्तो किसिमको चरित्र रोकोस्’ गौतमले भने, ‘उपकुलपतिलाई अपमान मात्र गरिएको छैन, सरकारले सिंगो बालुवाटारलाई कारागार बनाउने कोशिश गरेको छ ।’

प्रतिक्रिया दिनुहोस