तीन बर्षभित्र स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याइने

सफल खबर संवाददाता

सोमबार, २५ असार २०७५, १३ : ३९
तीन बर्षभित्र  स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याइने

काठमाडौं । खानेपानी मन्त्री विना मगरले तीन बर्षभित्र सबैलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने गरि योजना तर्जुमा गरिएको बताएकी छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री मगरले ७७ वटै जिल्लामा र सबै स्थानीय तहमा रहेको खानेपानीको समस्या र चुनौतिको खोजी गर्दै निर्क्योल पुग्ने जानकारी पनि गराइन् । उनले एक घर, एक धारा र एक घर एक शौचालयको कार्यनीति अनुसार ७७ वटै जिल्लामा क्रमागत रुपमा रहेका ३२ सय ४९ उच्च प्रविधियुक्त खानेपानी आयोजनाहरु र तराई मधेसमा आर्सेनिक मुक्त खानेपानी वितरणको व्यवस्था मिलाउन त्यस क्षेत्रका २१ जिल्लामा ६ सय ३७ क्रमागत आयोजनाहरु प्रदेशस्तरबाट संचालनमा आउने गरि प्रक्रिया आरम्भ गरिएको बताइन् ।

शहरी क्षेत्रमै जार र मिनरल वाटरको रुपमा आउने पानी पनि पिउन योग्य नभएको भन्ने सन्र्दभमा उनले क्षेत्राधिकार भन्दा बाहिर रहेको जार र मिनरल वाटरलाई पनि अनुगमन गर्न पाउने गरि नियम ल्याउने तयारी भएकाले त्यसलाई कडाईका साथ अनुगमन गरिने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस