जनता बैंक र प्रुडेन्सीयलइन्स्युरेन्स कम्पनीबीच सम्झौता

सफल खबर संवाददाता

सोमबार, २५ असार २०७५, १३ : ०७
जनता बैंक र प्रुडेन्सीयलइन्स्युरेन्स कम्पनीबीच सम्झौता

काठमाडौँ । नक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवाप्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्ने क्रममा आज जनता बैंक नेपाललिमिटेड र प्रुडेन्सीयलइन्स्युरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्रसडेन्सीयलइन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुखकार्यकारी अधिकृत बि.के. महर्जनले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानीगर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्गइकाई, २ सिमित्त बैंकिङ्गइकाई, २ एक्स्टेन्सनकाउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस