सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान रोकिएको हो : गृहमन्त्री थापा

सफल खबर संवाददाता

आइतबार, २४ असार २०७५, १७ : ३८
सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान रोकिएको हो : गृहमन्त्री थापा

काठमाडौँ । सरकारको अनुमति नलिई क्यानडा प्रस्थान गर्न लागेकाले नेपाल संस्कृत विश्वविद्यालयका कुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काएको सरकारले जानकारी दिएको छ ।
गृहमन्त्री थापाले अनुमतिविना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिइएको स्पष्टिकरण दिएका हुन् ।

आईतबार राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डले उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिएकोमा आपत्ति जनाउँदै रोक लगाउनुको कारणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए ।

त्यसपछि गृहमन्त्री थापाले सो सम्बन्धमा संसदलाई जानकारी गराउँदै विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काउनु परेको संसदलाई जानकारी गराएका हुन् ।

शनिबार अपरान्ह क्यानडामा आयोजना हुन लागेको १७ औं विश्व संस्कृति सम्मेलनमा सहभागी हुन जान लाग्नुभएका उपकूलपति कोइरालालाई विमानस्थलबाटै प्रहरीले फर्काएर प्रधानमन्त्री निवास बालुवाटार पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस