अर्थमन्त्री र गभर्नरबीचको इगोका कारण मौद्रिक नीतिमा ढिलाइ !

आइतबार, २४ असार २०७५, १६ : २३
अर्थमन्त्री र गभर्नरबीचको इगोका कारण मौद्रिक नीतिमा ढिलाइ !

काठमाडौं । मौद्रिक नीति नआउदाँ बजेट कार्यान्वयनमा चुनौती थपिएको छ । मौद्रिक नीति आउन अझै १ हप्ता लाग्ने संकेत देखिएको छ ।
अहिले अर्थमन्त्री र गभर्नरबीचको आन्तरिक इगोका कारण मौद्रिक नीतिमा ढिलाइ भइरहेको राष्ट्रबैंकका उच्च अधिकारी बताउँछन् ।
यस्तै संघीय बजेट पूर्णरूपमा आइनसकेको हुँदा मौद्रिक नीतिमा ढिलाइ भएको अधिकारीहरूको भनाइ छ ।

‘अर्थमन्त्री र गर्भनरबीच इगोको लडाईं’

मौद्रिक नीति आउन ढिलाइ हुनुको प्रमुख कारण अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबीचको इगोको लडाईं हो ।
स्रोतकाअनुसार गभर्नर नेपाल अहिलेको बजेटप्रति सन्तुष्ट छैनन् । गभर्नर नेपालको दृष्टिकोणमा अर्थमन्त्री खतिवडाले ल्याएको बजेट निकै संकुचित रहेको स्रोत बताउँछ ।
राष्ट्र बैंक उच्च स्रोत भन्छ, ‘अहिले गभर्नरलाई बजेट चित्त नबुझेको हुँदा पूर्णसहयोग गर्ने मौद्रिक नीति ल्याउने मनस्थितिमा छैनन् भने अर्थमन्त्रीले निरन्तर हस्तक्षेप गरिरहेका छन् ।’
नेपाल राष्ट्रबैंक छुट्टै संवैधानिक निकाय भएकाले वित्तीय क्षेत्रको व्यवस्थापनमा स्वतन्त्र ढंगले काम गर्न पाउँछ । तर राष्ट्रबैंक अर्थतन्त्र तथा अर्थमन्त्रालयको सल्लाहकार संस्था भएकाले बजेट कार्यान्वयन र अर्थतन्त्र चलायमान राख्न भने राष्ट्रबैंकले महत्वपूर्ण भूमिका खेल्छ ।

 

प्रतिक्रिया दिनुहोस