थपिए १ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, २० माघ २०७९, १६ : ०२
थपिए १ जना कोरोना संक्रमित

काठमाडौं । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११६१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२७२ जनाको पीसीआर र ८८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।शुक्रबार ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस