काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल र यूरोपेली यूनियन (इयू) का मानव अधिकार प्रतिनिधि इमन गिल्मोरबीच मंगलबार बेल्जियममा भेटवार्ता भएको छ । युरोप भ्रमणमा रहेका परराष्ट्र सचिव पौड्याल र गिल्मोरबीच मानव अधिकार संरक्षण र प्रवर्द्धनका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको बेल्जियमस्थित नेपाली दूतावासले जनाएको छ ।
गिल्मोरमा भेटवार्ताका सम्बन्धमा ट्वीट गर्दै सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको उल्लेख गरेका छन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी प्रगतिलाई आफूले स्वागत गरेको पनि जनाएका छन् । उनले नेपाल शान्ति प्रक्रियाबाट धेरै कुरा सिक्न सकिने पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्र सचिवको जोड
परराष्ट्र सचिव लम्साल आज चीन जाने
परराष्ट्र सचिव सेन्ट जोन्स प्रस्थान
भारतीय विदेश मन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबिच भेटवार्ता