एजेन्सी । बङ्गलादेशमा पाँच सय ८५ जना विद्यार्थीले आत्महत्या गरेका छन्। विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो।
एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन शनिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानकी प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताइन्।
जसमध्ये ३४० जना स्कुल र १०६ जना कलेजका विद्यार्थी रहेका छन्। यसैगरी ८५ जना विश्वविद्यालय र ५४ जना इस्लामिक विद्यालयका विद्यार्थी रहेका छन्।
विगत केही वर्षयता देशमा आत्महत्याको दर बढेकामा उनले चिन्ता व्यक्त गरिन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ माघ २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ : बंगलादेश सेना
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो
बंगलादेशमा एक वर्षभित्र निर्वाचन हुने
हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई आग्रह गर्ने
नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू