देश र जनताको हित हुने गरि संविधान संशोधन गरिन्छ : सुवास नेम्वाङ

सफल खबर संवाददाता

शनिबार, २३ असार २०७५, १५ : ३५
देश र जनताको हित हुने गरि संविधान संशोधन गरिन्छ : सुवास नेम्वाङ

काठमाडौं  ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने योजना पनि अघि सारे । उनले संविधान सम्झौताको दस्ताबेज भएकाले त्यसमा स्वभाविकै रुपमा केही पक्षको असन्तुष्टि हुने उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर जान सबै दलहरुलाई आह्वान पनि गरे ।
 शनिबार नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता आफैले पहिलो पटक जारी गरेको संविधान विश्वकै समावेशी रहेको दावी समेत गरे ।
उपनेता नेम्वाङले संविधानमा जनताको भावनालाई समेटेर जान सकिने प्रावधान भएकाले अव मुलुकमा बिद्रोहको कुनै आवश्यक्ता नरहेको पनि स्पष्ट पारे ।
 पूर्व सभामुख समेत रहेका उनले आवश्यकता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरु तयार हुनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस