इन्द्रसरोवरमा डुबेर दुई बालकको मृत्यु

शनिबार, २३ असार २०७५, ०९ : ३७
इन्द्रसरोवरमा  डुबेर दुई बालकको मृत्यु

हेटौँडा । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा इन्द्रसरोवर–१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका–९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस