काठमाडौँ । नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुग्नुभएका भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरे ।
भारतीय सहयोगमा सञ्चालित जनकपुर– जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका बारेमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजीकरणका लागि भारतीय सचिवलाई आग्रह गर्नुभएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
“शिष्टाचार भेटवार्ता भएकाले मिहिन तरिकाले आयोजनाका समग्र पाटा र पक्षका बारेमा छलफल त भएन, तर समस्या समाधान गर्ने तथा शीघ्र आयोजना सम्पन्न गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ”, सचिव शर्माले भने ।
यस्तै, काठमाडौँ– रक्सौल रेलमार्ग तथा अन्य परियोजनाका बारेमा महत्वपूर्ण छलफल भएको उनको भनाइ छ । सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको छ । छलफल निरन्तर अगाडि बढाउने र परियोजनामा देखिएका समस्या समाधानका लागि सबै उपायको खोजी गर्ने विषयमा त्यस अवसरमा महत्वपूर्ण विचार आदानप्रदान भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ माघ २०७९, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
योग र ध्यानमा जोड दिनु आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका विदेश सचिव मोमेनबीच भेट
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङबीच भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल