“जन्म घर माइतमा” बोलको तिज गीत सार्वजनीक

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०७५, १५ : ५१

चितवन । नेपाली नारीहरुको महान पार्व हरितालिका तिज आउन झण्डै दुई महिना बाकिं रहदा “तीजको साईतमा जन्मघर माइतमा” गीत बजारमा आएको छ । शिव फिल्मको व्यानरमा निर्माण भएको  “जन्मघर माइतमा” बोलको गित सामाजिक संजाल युटुभ मार्फत सार्वजनीक गरिएको हो ।

निमार्ण पक्षले यस बर्षकै पहिलो गीतको रुपमा दाबि गरिएको “जन्म घर माइतमा” बोलको गीत चितवनका प्रदिप त्रिपाठीले गाएका छन् भने उनलाई राधिका हमालले साथ दिएकी छन् । गीतमा गायक त्रिपाठीले नै लय भरेका थिए ।
यस तिज गीत मार्फत चितवनकै विनिता ओझाले प्रकाश सपुतसँग अभिनयमा डेब्यु पनि गरेकी छिन् । हालसम्म १ लाखभन्दा बढि पटक हेरीएको उक्त गीतको शब्द घनश्याम रिजालले लेखेका हुन् । शिब परियारको निर्देशन र रमेश वि।क। ले सम्पादन गरेको गीतलाई शम्भु चालिसेले छायाकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस