एजेन्सी । अमेरिकाको क्यालिफोर्निया स्थित मोन्टेरी पार्कमा रहेको बालरुम डान्स स्टुडियोमा गोली चल्दा कम्तिमा १० जनाले ज्यान गुमाएका छन्।
स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ।
स्थानिय प्रहरीका अनुसार अन्य १० जना घाइते छन्। जसमा केहिको अवस्था गम्भिर रहेको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार स्थानिय समय अनुसार राति सवा १० बजे गोलि चलेको थियो।
घटना भएको स्थान मुख्य शहर भन्दा १३ किलोमिटर टाढा लस एन्जलसको पुर्वी भागमा रहेको छ। जहाँ ठुलोमात्रामा एसियन समुदायका मानिसहरुको बसोबास रहेको छ।
एक पुरुषले गोली चलाएको उल्लेख भएपनि आधिकारीक रुपमा सम्पुर्ण विवरणहरु भने आएको छैन्।
क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसोमले घटना निकै डरलाग्दो भएको बताए। उनले बन्दुकको अर्को गम्भिर दुरुपयोगको परिणाम भोग्नु परेको बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ माघ २०७९, ०६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
मापसे चेक गर्दा सर्लाहीमा जुलुस ! प्रहरीले चलायो गोली
हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु
सुनसरीमा प्रहरीले चलायो गोली
खोटाङमा मृग भनेर हानेको गोली साथीलाई लागेपछी....
सर्लाहीमा गोली चल्यो, एक महिलाको हत्या