नारायणगढमा शनिबार ‘म्युजिकल च्यारिटी इभेन्ट’ हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०७५, १४ : ५२
नारायणगढमा शनिबार ‘म्युजिकल च्यारिटी इभेन्ट’ हुँदै

चितवन । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा यही शनिबार ‘म्युजिकल च्यारिटी इभेन्ट’ हुने भएको छ । रोटर्‍याक्ट क्लब भरतपुर र रोटर्‍याक्ट क्लब अफ रत्ननगरको आयोजनामा हुन लागेको सो साङगीतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

सो क्रममा चर्चित पपगायक नितेसजंग कुवँरको विशेष प्रस्तुती रहनेछ । यस्तै ‘द अक्टेभ्स’, शिशिरजंग श्रेष्ठ, द शस्त्र नेपाल, प्रेक्षा एण्ड सुश्मा, डिजे सिल, डिजे कै–ट्र्यासिड लगायतको सांगीतिक महोल बनाउनेछन् ।

अनाथ बालबालिकालाई सहयोग गर्ने लक्ष्य लिएर कार्यक्रम गर्न लागिएको रोटर्‍याक्ट क्लब अफ भरतपुरका मनोनित अध्यक्ष दीपक कँडेलले जानकारी दिए । इभेन्टका लागि ५ सय र १ हजार रुपैयाँका टिकटको व्यवस्था गरिएको छ । कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

‘सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले इभेन्ट गर्न लागिएको हो। रचनात्मक कामबाट पनि समाजसेवा गर्न सकिन्छ भन्ने सन्देश जनमानसमा दिने सोचेका छौं’ आयोजक समितिका सदस्य आकर्षक खतिवडाले भने।

प्रतिक्रिया दिनुहोस