सिन्धुपाल्चोकको पिस्करमा नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा

सफल खबर संवाददाता

शुक्रबार, २२ असार २०७५, १४ : १३
सिन्धुपाल्चोकको पिस्करमा नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सिन्धुपाल्चोकको पिस्करमा आफ्नो ७३ औ शाखा विस्तार गरेको छ । १५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ३ अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिका स्थित पिस्करमा बैंकले शाखा विस्तार गरेको हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो । बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गरेको छ ।  
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । 

प्रतिक्रिया दिनुहोस