दलहरुको ध्यान राष्ट्रपतितिर केन्द्रित

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ माघ २०७९, ०८ : ०७
दलहरुको ध्यान राष्ट्रपतितिर केन्द्रित

काठमाडौ । प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ । एमालेले उठाउने उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने दाबी पार्टी अध्यक्ष केपी ओलीले गरेका छन् ।

सभामुखको निर्वाचनपछि संसद् भवनबाट बाहिरिने क्रममा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना टरेको बताए । राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, उनले भने, 'त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ । त्यस्तो हुन सक्छ ।'

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि नयाँ राष्ट्रपति आफूअनुकूल बनाउने दाउमा छ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति छ ।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस