मुम्बई । संजय लिला भंसालीको चलचित्र ‘पद्यावती’को बिरोध कम नहुँदै अर्की अभिनेत्री सन्नी लियोनी पनि निसानीमा परेकी छन् । सन्नीको बिरोध कुनै चलचित्रको कारणले गरिएको भने होइन । आयोजना हुन लागेको एक कार्यक्रमको कारणले उनको बिरोध हुन थालेको हो ।
अभिनेत्री सन्नीले नयाँ बर्ष २०१८को सुरुवताका लागि एक हंगामेदार पार्टी बेंगलुरमा राखेकी थिइन् । ‘बेंगलुर एन वाइ इ २०१८’ नामाकरण गरिएको पार्टीमा सन्नी आफै पनि प्रस्तुति दिने भएकी थिइन् ।
बेंगलुरका स्थानियले उक्त पार्टीको बिरोध गरिरहेका छन् । सोही कारणले त्यहाँका राज्य सरकारले उनको कार्यक्रममा समेत रोक लगाएको छ । सरकारले कार्यक्रमलाई रोक लगाएपछि स्थानिय रक्षा वेदिके नामक संस्थाले अहिलेलाई सन्नीको बिरोध नगर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस