एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्रीबाट राजीनामा दिने भएकी छन्।
आगामी महिना उनले न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।
उनले आज एक कार्यक्रमलाई सम्बाेधन गर्दै फेब्रुअरी ७ आफ्नाे कार्यकालकाे अन्तिम दिन हुने घाेषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन्।
केही समयपछि नै उनकाे कार्यकाल अब सकिँदै थियो। तर अर्काे निर्वाचनमार्फत पुन: प्रधानमन्त्री बन्ने माैका भए पनि उनले त्यसाे नगर्ने भएकी हुन्।
साथै, उनले उनीसँग अब के गर्ने भन्ने व्यवसायिक रूपमा कुनै योजना नभएकाे भन्दै भविश्यबारे विचार गर्न समय निकालेको प्रस्ट पारिन्।
न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ। साेही निर्वाचनबाट जितेर आएकाे प्रतिनिधि अबकाे त्यहाँकाे नयाँ प्रधानमन्त्री बन्नेछन्।
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्।
उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटको समस्यामा परेको न्यूजील्याण्डलाई नेतृत्व गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ माघ २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
अफगानिस्तान सामु निरीह बन्यो न्युजिल्याण्ड
नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक
चोरीको आरोपपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा