काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताएका छन । उनले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे ।
झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताए। उनले मन्त्रालयको सङ्ख्या नौ पुर्याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताए ।उनले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताए । मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मातृभाषासँगै अङ्ग्रेजी सिक्नु जरुरी छ: मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की
बाढीपहिरोबाट क्षति भएका सडक एवं पुलको दसैँ अगाडि मर्मत सम्भार गरिन्छ : मुख्यमन्त्री कार्की
मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन् : मुख्यमन्त्री कार्की
कोशीमा मुख्यमन्त्री कार्कीद्वारा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता
श्रम र रोजगारीको क्षेत्र कमजोर छ : मुख्यमन्त्री कार्की