काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताएका छन् । उनले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताएका छन् ।
विराटनगरमा सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रमा देखिएको समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिएका कार्यक्रमले मात्रै नपुग्ने बताए ।
उनले जोगमनी किमाथांका नाका खोल्ने हो भने धेरै रोजगारी सिर्जना हुने र कृषि उत्पादन वृद्धि हुने बताए । उनले त्यसतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्नेमा जोड दिए । कार्कीले राष्ट्रिय पुँजीको विकास गर्न सके मात्रै संविधानले कल्पना गरेको समाजवाद प्राप्त हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मातृभाषासँगै अङ्ग्रेजी सिक्नु जरुरी छ: मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की
बाढीपहिरोबाट क्षति भएका सडक एवं पुलको दसैँ अगाडि मर्मत सम्भार गरिन्छ : मुख्यमन्त्री कार्की
मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन् : मुख्यमन्त्री कार्की
कोशीमा मुख्यमन्त्री कार्कीद्वारा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता
प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग : मुख्यमन्त्री कार्की