सरकारप्रति कांग्रेस आक्रामक : दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन सक्दैन

सफल खबर संवाददाता

विहीबार, २१ असार २०७५, २१ : ०३
सरकारप्रति कांग्रेस आक्रामक : दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन सक्दैन

file photo

कांग्रेस नेतृत्वको सरकारले विगतमा गरेका राजनीतिक नियुक्ती खारेज गर्ने वर्तमान सरकारको निर्णयप्रति कांग्रेसले आपत्ति जनाएको छ । पार्टी कार्यालय सानेपामा बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले त्यतिबेलाको सरकारले संवैधानिक प्रक्रिया अनुसार र निर्वाचन आयोगको अनुमति लिएर नियुक्त गरिएको स्पष्ट पारे । 
उनले भने–‘अघिल्लो सरकार पनि निर्वाचित सरकार थियो, भदौ १४ गतेदेखि फागुन २ गतेसम्म जे जति नियुक्ति र निर्णय गरेको छ, निर्वाचन आयोगबाट सहमती लिएर गरेको छ ।’ उनले अहिलेको सरकारले कानुनी प्रक्रिया विपरीत बदनियत ढंगले निर्णय गरेको दावी गरे । 
उनले सहमतीको राजनीतिलाई, सहकार्यको हार्दिक वातावरणलाई सबैलाई मिलाएर लैजाने प्रयत्न हुनुपर्नेमा सरकारले एकातर्फ विधीलाई उल्लंघन गरेको बताए । उनले सरकारले अहिलेको निर्णयमार्फत सरकारले द्धन्द्धका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको उल्लेख गरे । 
हिजोका सरकारका सम्पूर्ण निर्णयहरु संवैधानिक प्रक्रिया अनुसार गरिएको बताँउदै उनले आचार संहिता पालना गरेर संस्थान, प्राधिकरण निकायमा नियुक्त गरिएको भन्दै सार्वजनिक रुपमा कानुनी प्रक्रियाबाट गरिएको भनेर कांग्रेसले प्रष्ट्याउने उनले बताए । 
यस्तै नियुक्ति पाएकाहरुले पनि व्यक्तिगत रुपमा अदालतको ढोका ढक्ढक्याँउन पाउने बाटो खुला रहेको पनि स्पष्ट पारे । 
कमरेड केपी ओली नभएर कमरेड मनोपोली भए
प्रवक्ता शर्माले कटाक्ष गर्दै भने–‘सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो नाम कमरेड केपी ओली भएका विषयलाई निरन्तरता दिनु नै सुन्दर हुन्छ, कमरेड केपी ओली नभएर कमरेड मनोपोली भएर स्थापित गर्ने गरी उहाँको चरित्रले उहाँको व्यवहारले गरेको छ ।’ 
चिकित्सा शिक्षा बिधेयक अघिल्लो सरकारले सर्वसम्मत ढंगले ल्याएको र अहिलेको सरकार र संसदले पनि त्यसको स्वामित्व ग्रहण गरेको अवस्थामा त्यसलाई प्रतिस्थापन गर्न खोजेर चिकित्सा शिक्षा सुधार र नागरिक हीत विपरितको षडयन्त्रको रुपमा लिएको बताए । 
सकारले हालै ल्याएको चिकित्सा शिक्षा बिधेयकलाई पास गरेको भए सरकार संरक्षित विसंगतिहरुलाई प्रशय दिने खालको अवस्था बन्थ्यो भन्दै यसको विरुद्धमा चौतर्फी रुपमा संसद, सडक, संचारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रह सबै माध्यमलाई अपनाएर अघि बढ्ने प्रवक्ता शर्माले स्पष्ट पारे । 
मुखमा लोकतन्त्रको राम राम बगलीमा स्टालिनवादको धङधङति
उनले डाक्टर गोविन्द केसीले जुम्लामा गरिरहेको अनसनमा सरकारले धरपकट गरेको प्रति पनि आपक्ति प्रकट गरे । 
उनले भने–‘सञ्चार माध्यमहरुमा बढ्दो हस्तक्षेप, ढुङ्ेल प्रकरण मार्फत न्यायालयको अपमान, संसदमा हलुका जवाफ, सडक प्रर्दशनमा रोक जस्ता व्यवहारबाट सरकारको मुखमा लोकतन्त्रको राम राम बगलीमा स्टालिनवादको धङधङति नेपाली कांग्रेसले महशुस गरेको छ ।’  
माओवादको पेट्रोल र बहुदलिय जनवादको डिजेल भएको गाडि दुर्घटना हुनसक्छ
प्रवत्ता शर्माले दुई बाम मिलेर बनाएको सरकार आफ्नै दम्भले दुर्घटनामा पर्ने जिकिर गरे । 
उनले भने ‘अहिलेको सरकार माओवादको पेट्रोल र बहुदलिय जनवादको डिजेल प्रयोग गरिएको गाडिका रुपमा छ, स्वभाविक रुपमा त्यस्तो खालको गाडि सडकमा हिड्दै गर्दा दुर्घटनामा पर्न सक्छ । प्रतिपक्षको रुपमा ट्राफिकको सिटी हामले बजाँउनुपर्ने हुन्छ । सरकार सच्चिएन भने चौतर्फी दवावको समाना गर्नुपर्ने नेपालीको कांग्रेसको तर्फवाट म चेतावनी दिन चाहन्छु ।’
प्रदेश प्रमुखको नियुक्ति खारेज गरे संविधान विपरित
सरकारले अहिले गरेको निर्णयले प्रदेश प्रमुखलाई विदाई गर्ने काम गर्छ भन्ने प्रमाणित नहुने उनले बताए । अहिले सरकारले राजनीतिक नियुक्ति बदर गर्ने भनेको र प्रदेश प्रमुख नियुक्ति संवैधानिक व्यवस्था रहेका कारण सरकारले त्यसतर्फ कदम चाले त्यो असंबैधानिक हुने कांग्रेसको जिकिर छ । 
उनले सरकारसँगको विमती सडक र सदनमा राख्नुका साथै अदालती रुपमा पनि राख्ने बताए । उनले संघ प्रदेश स्थानीय तहको निर्वाचन भएर देश सहज वातावरणमा गइरहेका बेला सरकारले के चाहिरहेको भन्दै उनले प्रश्न गरे । बहुमत हुँदा हुँदै किन दुई तिहाई चाहिएको ? दुई तिहाई पुगेपछि किन फेरी दम्भको श्रीपेच लगाउनुपरेको ? सरकार सच्चिनुपर्छ, दम्भको श्रीपेच लगाएर लोकतान्त्रिक गणतन्त्रको संस्थागत हुन सक्दैन । 


 

प्रतिक्रिया दिनुहोस