गण्डकी प्रदेशसभाः उपसभामुखको निर्वाचन हुँदै

सफल खबर संवाददाता

सोमबार, ०२ माघ २०७९, १३ : ०५
गण्डकी प्रदेशसभाः उपसभामुखको निर्वाचन हुँदै

काठमाडौँ । गण्डकी प्रदेश सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङले उम्मेदवारी दिएका छन् ।

सभामुखमा यसअघि नै नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल चयन भइसकेका छन् । गण्डकी प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ । उनीहरुबीचको भागवण्डामा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भइसकेको छ ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङे छन् ।

प्रतिक्रिया दिनुहोस