काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म ६४ जनाको शव फेला परेको दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताएका छन ।
उनका अनुसार ३० जनाको शव निकालेर अस्पताल पुर्याइको छ । त्यस्तै ३४ जनाको शव खोंचमा भेटिएको बताए । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए।
खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १६ : ०१
लेखकबाट थप