मन्त्रिपरिषदको आकस्मिक बैठक

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन, भोलि शोक विदा

सफल खबर संवाददाता

आइतबार, ०१ माघ २०७९, १४ : २५
विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन, भोलि शोक विदा

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस