काठमाडौ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक्लै कुनै पनि दलको बहुमत छैन । केन्द्रमा बनेको समीकरणबमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २९ सदस्यसहितको बहुमत पुएर पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले बिहीबार पद तथा गोपनीयताको शपथग्रहणसमेत गरिसकेका छन् । मुख्यमन्त्रीले शपथ लिएलगत्तै सत्ता गठबन्धन दलबीच बढेको तिक्तताले सभामुख चयनमा समस्या देखिएको हो । बिहीबार भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्ष दुवैको बहुमत पुग्न सकेन ।
त्यस्तै शुक्रबार राजनीतिक दलबीच सभामुख निर्वाचनको कानुनी प्रक्रियाबारे सहमति नजुट्दा प्रदेशसभा बैठक नै बस्न सकेन । सभामुख निर्वाचनका लागि प्रदेशसभाको तेस्रो बैठक शनिबार साँझ ६ बजे बसेको थियो ।
तर सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी सहमति पालना नभएको भन्दै तटस्थ बस्दा कुनै पनि उम्मेदवारको बहुमत नपुगी सभामुख चयन हुन सकेन । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ माघ २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : सभामुख घिमिरे
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
सभामुखले गरे प्रमुख दलका सचेतकहरूसँग छलफल
सभामुखले डाकेको छलफल निष्कर्षविहीन
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख