गृह मन्त्रालयद्वारा १७ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, ०६ : ५६
गृह मन्त्रालयद्वारा  १७ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो । 

मन्त्रालयका अनुसार डीआईजीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, मसाउद आलम खाँ, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ । 

यसैगरी भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ  र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

गृह मन्त्रालयाम रवि लामिछाने आएपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलो निर्णय हो ।

प्रतिक्रिया दिनुहोस