नेकपा सचिवालय बैठक सकियो, स्थायी समिति बैठक भोलि बस्दै

सफल खबर संवाददाता

बुधबार, २० असार २०७५, १७ : २३
नेकपा सचिवालय बैठक सकियो, स्थायी समिति बैठक भोलि बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘पार्टी संचालन नियमावली’को विषयमा सुझाव संकलन गर्दै नियमावलीलाई अन्तिम रुप दिने तयारी गरेको छ । भोलि बिहीबार बस्ने स्थायी समिति बैठकको एजेण्डा तय गर्न प्रधानमन्त्री निबास बालुवाटारमा आज बुधबार बसेको नेकपा सचिवालय बैठकले पार्टी महासचिव विष्णु पौडेल कार्यदलले दिएको नियमावलीमाथि सुझाव संकलन गर्ने र अन्तिम रुप दिने तयारी बिषय प्राथमिकतामा रहेको जनाएको हो । 
स्थायी समिति बैठकका लागी नियमावलीका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बिषयमा औपचारिक धारणा बनाउने नेकपाले जनाएको छ । सरकारको काम कारवाही तथा समसामयिक राजनीतिक अवस्थाबारे रिपोर्टिङ गर्ने एजेन्डा तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपा स्थायी समिति बिहीबार दिउ“सो तीन बजेका लागी बोलाईएको छ । स्थायी समिति बैठकमा सरकारको काम कारवाहीबारे प्रतिपक्षी दल कांग्रेसको आरोपका बिषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस