यो गर्मीमा कांग्रेसले संघीय संसद र सडक तताउने

सफल खबर संवाददाता

बुधबार, २० असार २०७५, १७ : ०३
यो गर्मीमा कांग्रेसले संघीय संसद र सडक तताउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत काम कारबाही र निर्णयविरुद्ध संघीय संसद र सडकमा विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 
सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले संविधानले नै तोकेको सहमति र असहमति प्रस्तुत गर्न पाउने जनताको अधिकार कुण्ठित गर्ने प्रयास सरकारले गरेको भन्दै त्यसविरुद्ध कडा रुपमा विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खा“डले जानकारी दिनुभयो । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले केही समयअघि काठमाडौं उपत्यकाका माइतीघर मण्डला, रत्नपार्कसहितका विभिन्न ठाउ“मा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो । बैठकले ती ठाउँको निषेधाज्ञा तत्काल फिर्ता लिन माग गरेको छ । बैठकले चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनसनमा रहेका डाक्टर गोविन्द केसीका मागमा ऐकवद्धता जनाउने निर्णय गरेको छ । 
डाक्टर केसीको माग र अवस्था बुझ्न कांग्रेसका तीन जना सांसदलाई जुम्ला पठाउने निर्णय कांग्रेसले गरेको छ । छोराका हत्याराहरुलाई कारबाहीको माग गर्दै अनसनमा रहेकी गंगामाया अधिकारीको मागमा पनि ऐक्यवद्धता जनाउ“दै कांग्रेसले गंगामायाको अवस्था पनि बुझ्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसत्तावादतिर उन्मुख भएको आरोप लगाउ“दै सरकारलाई जवाफदेही बनाउन काँग्रेस आक्रामक रणनीतिका साथ आन्दोलनको बाटोमा अघि बढ्ने खा“डले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस