जन्मदिनमा स्वस्तिमाः ‘कुटुमा कुटु सुपारी दाना’ ले चम्किएको करियर

सफल खबर संवाददाता

बुधबार, २० असार २०७५, १५ : ४२
जन्मदिनमा स्वस्तिमाः ‘कुटुमा कुटु सुपारी दाना’ ले चम्किएको करियर

नायिका स्वस्तिमा खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । स्वस्तिमा खड्काले जन्मदिन परिवार, साथीभाइसँग मनाउने तयारी गरेकी छिन् ।
चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी हुन् स्वस्तिमा । उनको पहिलो चलचित्रले नै व्यवसायिक सफलता पाएको थियो । निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि उनको करिअरले नयाँ मोड लिएको छ । अझ भनौ, निर्देशक निश्चल बस्नेतसँगको बिहे उनलाई फापेको छ ।

बिहेपछि धेरैले उनलाई ‘भाउजु’ भनेर चिन्ने गर्थे । तर, अहिले स्वस्तिमाले आफ्नै परिचय बनाइसकेकी छिन् । ठूला व्यानरको फिल्ममा उनको खोजी हुन थालेको छ ।

चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेर एकाएक हिट भएकी स्वस्तिमाले त्यसपछि लिड रोलमा चलचित्रमा काम पाइरहेकी छिन् ।

उनले, अभिनय गरेको चलचित्र ‘छक्का पन्जा २’ हिट भयो भने ‘नाई नभन्नु ल ५, जय भोले, बुलबुल’ रिलिज हुनै बाँकी छ । आफ्नो बढ्दो क्रेजलाई जोगाउनका लागि उनले अझै मिहिनेत गर्नुपर्ने हुन्छ । सबल खबरको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस