सप्तरीको महुली पुल भासियो, खाँडो नदी बढेपछि स्थानीय त्रसित

सफल खबर संवाददाता

बुधबार, २० असार २०७५, १५ : ०२
सप्तरीको महुली पुल भासियो, खाँडो नदी बढेपछि स्थानीय त्रसित

सप्तरी । सप्तरीको माहुली पुल भासिएको छ । लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको  हो ।

सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको महुली बाढीले महुली पुल करीब ५० मिटर भासिएको जानकारी दिए ।

पुल भासिए पनि सवारी अावागमन भने यथावत भइरहेका छन् । पु्लको केही भागमा थप कटान हुन थालेपछि सर्तकतापूर्वक पुलबाट एकतर्फी यातायात मात्र चलाउन दिइएको र पुलको कटान रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । 

सप्तरीमा मंगलबारदेखि वर्षा भएको छैन् । तर पहाडी क्षेत्रमा भएको वर्षाले खाँडो, महुलीलगायत नदीमा पानीको सतह बढेको छ । नदीको सतह लगातार बढ्दै गएपछि खाँडो नदी आसपासका बासिन्दा त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस