जनकपुर । पुस २८ गते मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्ने नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले बताएका छन् ।
पत्रकारहरुसंग कुरा गर्दै उनले केन्द्रीय सरकार गठनमा सहयोग गर्ने दलहरूसँग मिलेर मधेस प्रदेशमा पनि सरकार गठन गर्ने र सम्भवतः २८ गते मुख्यमन्त्री चयन गरिसक्ने उनले बताए । प्रदेशमा २३ सांसदसहित सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेले मुख्यमन्त्रीको दाबी गर्ने कि नगर्ने भन्ने प्रश्नमा उनले सो सन्दर्भमा अहिले छलफल भइरहेको बताए ।
महासेठले नयाँ सरकार गठनमा सहयोग गर्ने क्रियाशील पार्टीहरू जनमत, जसपा नेपाल, राप्रपा, माओवादी केन्द्रसँग कै सहमतिमा मधेस प्रदेशमा सरकार गठन हुने बताए । उनले पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत लिइसकेपछि मधेस प्रदेशसहित सातै प्रदेशका सरकार गठनको निर्धारण हुने बताए ।मधेस प्रदेशमा सबैभन्दा ठुलो दल नेकपा एमालेको प्रत्यक्ष र समानुपातिक गरी कुल २३, नेपाली काँग्रेसको २२, जसपा नेपालको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८ र स्वतन्त्र तर्फ ६ सांसद रहेको छ ।
प्रदेशमा संसदीय दलको नेतामा नेकपा एमालेले दलको नेतामा सरोज यादव, नेपाली कांग्रेसले कृष्णा यादव, जनमत पार्टीले महेश प्रसाद यादवलाई चयन गरेको छ भने जसपाले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपामा दुई मुख्य प्रतिस्पर्धी लालबाबु राउत र सरोज कुमार यादव मध्ये एकजना चयन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
न्युरोडमा काठमाडौँ महानगरले सडक तोडफोड गर्यो : यातायातमन्त्री महासेठ
किमाथाङ्का-खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ
राजनीतिक स्थायित्व दिन ओली-‘प्रचण्ड’को नयाँ गठबन्धन : रघुवीर महासेठ
आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने छ : उपप्रधानमन्त्री महासेठ
उपप्रधान तथा भौतिकमन्त्री महासेठद्वारा पदभार ग्रहण